आइतबार, जेठ १९, २०८२

निर्माण भएको एक वर्षपछि बसपार्क सञ्चालन

मलङ्गवा नगरपालिका –२ मा सङ्घीय सरकारको आठ करोड ३१ लाखको लागतमा निर्माण गरिएको उक्त बसपार्क करिब एक वर्षपछि सञ्चालनमा ल्याइएको हो।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

सर्लाही- सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा निर्माण गरिएको सुविधा सम्पन्न बसपार्क प्रयोगमा ल्याइएको  छ। मलङ्गवा नगरपालिका –२ मा सङ्घीय सरकारको आठ करोड ३१ लाखको लागतमा निर्माण गरिएको उक्त बसपार्क करिब एक वर्षपछि सञ्चालनमा ल्याइएको हो।

मलङ्गवा नगरपालिका–९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसँगै सवारी साधनको चाप बढेका कारण नयाँ बसपार्क निर्माण गरिएको थियो। 

नयाँ बसपार्कको निर्माण भएको करिब एक वर्ष हुनै लाग्दा पनि सरोकारवाला निकायले ध्यान नपुर्‍याउँदा बसपार्क प्रयोगविहीन अवस्थामा रहेको मलङ्गवा यातायात प्रालिका अध्यक्ष राजीव यादवले बताए। 

आफूहरु नयाँ बसपार्कमा जान तयार रहे पनि ठेकेदार कम्पनीले नगरपालिकालाई बसपार्क हस्तान्तरण नगरेको र नगरपालिकाले पनि चासो नदिँदा नयाँ बसपार्कमा जान नपाइएको उहाँको भनाइ थियो। 

बसपार्क निर्माण भए पनि सरोकारवाला निकाय एकले अर्कोलाई आरोप लगाउँदै लामो समयसम्म मलङ्गवा नगरपालिका–९ मा रहेको पुरानो बसपार्कबाटै बस सञ्चालन गरेका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले बताए। 

उनका अनुसार नयाँ बसपार्कबाट बस सञ्चालनमा ल्याउने विषयमा जिल्लाका यातायात व्यवसायीसँग पटक–पटक छलफल गरिए पनि कुनै निष्कर्ष निस्केको थिएन्।  

केही यातायात व्यवसायीले नयाँ बसपार्कमा आफूहरु नजाने भन्दै नगरपालिकामा डेलिगेसन पनि आएका नगरप्रमुख यादवले बताए। तर नगरपालिकाले कार्याविधि नै बनाएर नयाँ बसपार्कबाट बस सञ्चालन गरेको छ। 

करिब २५ रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्कमा एकैसाथ ५२ वटा ठूला र २० वटा साना गरी ७२ वटा यात्रीबाहक सवारीसाधन पार्किङ गर्नसक्ने क्षमता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए। 

उनका अनुसार मलङ्गवा नगरपालिका– ९ मा रहेको पुरानो बसपार्कबाट बस सञ्चालन गर्दा ट्राफिक प्रहरीलाई व्यवस्थापनमा निकै समस्या हुने गरेको थियो। “बजार विस्तासँगै साँघुरिँदै गएको पुरानो बसपार्कबाट बस सञ्चालन हुँदा सवारी व्यवस्थापनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको थियो, अब नयाँ बसपार्कबाट बस सञ्चालन हुँदा बसपार्कका कारण हुने बजारको भीडभाड पनि कम हुने र दुर्घटनाको जोखिम पनि कम हुन्छ।”  प्रहरी निरीक्षक कार्कीले भने। 

अढाइ तल्ले टर्मिनल भवन, शौचालय, खानेपानी,  प्रतिक्षालय, वर्कसप, पार्किङलगायत सुविधा सहितको बसपार्क झापाको सुरुङ्गास्थित कन्काइ इन्टरनेशनल विल्डर्सले रु आठ करोड ३१ लाखको लागतमा निर्माण गरेको हो।

नेपाल सरकारले ठूलो लगानी गरेर निर्माण गरिदिएको बसपार्क लक्ष्यअनुसार नै प्रयोगमा ल्याइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बतारुए। 

उनका अनुसार राज्यले ठूलो रकम खर्चेर निर्माण गरिएको बसपार्कमा कुनै पनि बाहनामा जान्न भन्न नपाइने बताए। बस पार्कबाट बस सञ्चालनको क्रममा कुनै किसिमका समस्या आएमा सुरक्षाका लागि सबै शक्ति लगाउन तयार रहेको प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए। 

नयाँ बसपार्कबाट बस सञ्चालनको क्रममा सुरक्षासम्बन्धी समस्या देखिएमा समाधानका लागि जिल्ला प्रहरी कार्यालय तयार रहेको उनले जानकारी दिए। पटक–पटक नयाँ बसपार्क निर्माण भए पनि बस नगएको विषयमा समाचार प्रकाशन भएपछि मलङ्गवा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको ध्यान केन्द्रीत भएको थियो। ठूलो रकम खर्चेर निर्माण भएको बसपार्क निर्माण सम्पन्न भएको करिब एक वर्षपछि मात्रै सञ्चालनमा आएको हो। 

राज्यको करोडौँ रकम खर्च गरेर बनाइएको बसपार्क निर्माण भइसकेको एक वर्षपछि सरोकारवाला निकायले संयुक्तरूपमा पुरानो बसपार्कबाट  नयाँ बस पार्कमा बस लगेर सञ्चालनमा ल्याएका हुन्। जिल्लाबाट लामो तथा छोटो दूरीका गरी करिब ९० वटा बस दैनिक छुट्ने गरेका छन्।

प्रकाशित: Feb 14, 2023| 22:00 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।