आइतबार, जेठ १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मोबाइल लुट्ने गिरोहलाई पक्रिन गृह मन्त्रालयको निर्देशन

मोबाइल लुट्ने गिरोहलाई पक्रिन गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई फोन गरेर उक्त घटनामा संलग्नको पहिचान र कारबाही गर्न निर्देशन दिएका हुन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

काठमाडौं– गृह मन्त्रालयले यातायात मजदुरको आन्दोलनका नाममा गोंगबु बसपार्कस्थित ल्होत्से मलमा राखिएका मोबाइल पसल लुटपाट गर्ने हिंस्रक समूहलाई पक्राउ गरी कडा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

सोमबार बेलुकी यातायात मजदुरका नाममा आन्दोलन गर्न आएको समूहले ल्होत्से मलमा सञ्चालित मोबाइल पसलबाट मोबाइल लुटेको घटना सामाजिक सञ्जाल र भिडियोमा सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रहरीले सूक्ष्म अनुसन्धान गरी लुटेरा पक्रिन निर्देशन दिएको हो। 

मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई फोन गरेर उक्त घटनामा संलग्नको पहिचान र कारबाही गर्न निर्देशन दिएका हुन्। गोंगबुमा सोमबार भएको लुटपाटमा संलग्नको प्रहरीले खोजी गरिरहे पनि त्यसलाई थप चुस्त बनाउन गृह सचिवबाट निर्देशन जारी भएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए।

प्रकाशित: Feb 14, 2023| 15:34 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।