पर्सा- पर्साको वीरगञ्ज महानगरपालिका–२० मा ट्रकले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ। बहुअरीबाट परवानीपुर तर्फ जाँदै गरेको बाग्मती प्रदेश–०३–००१ ख १४१८ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार नागेन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
साइकल चालक ठाकुर परवानीपुरबाट अपौनी चोकतर्फ आउँदै थिए। साइकल मोड्दै गरेको बेल ट्रकले ठक्कर दिँदा उनी रेलिङमा च्यापिएका थिए। उपचारको क्रममा उनको नारायणी अस्पतालमा मृत्यु भएको र ट्रक चालक मकवानपुर घर भएका रमेश गोम्बालाई पक्राउ गरिएको जिप्रका पर्साले जनाएको छ।