आइतबार, जेठ १२, २०८२

विवाह गरेको तीन महिनामै कुटपिट गरी श्रीमतीको हत्या

दैलेखमा श्रीमान‍्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरी हत्या गरेका हुन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

सुर्खेत- दैलेखमा श्रीमान‍्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरी हत्या गरेका हुन्।

श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए।

स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमतिबीचमा विवाद हुँदै आएको थियो। विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए।

गत मंसिरमा मात्रै उनीहरूको विवाह भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवैजना शारीरिका रुपमा अशक्त थिए। श्रीमान् कान सुन्न नसक्ने र श्रीमती पनि शारीरिक रुपमा अशक्त रहेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 14, 2023| 12:39 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।