आइतबार, जेठ १२, २०८२

बस चालकलाई कारबाही माग्दा अशान्त बन्यो सुर्खेत

बसचालकलाई कारबाही र क्षतिपूर्ति माग गर्दै मृतकका आफन्त अनि सर्वसाधारण विरोधमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गर्दा झडप।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं– सुर्खेतस्थित बसपार्कमा हिँडिरहेका बेला बसको ठक्करले मृत्यु भएकी ६६ वर्षीया नदी रावतका आफन्तको विरोध प्रदर्शन उग्र बनेसँगै झडपमा परेर एक प्रहरी घाइते भएका छन्। आइतबार जाजरकोटको छेडागाड नगरपालिका स्थायी घर भएकी रावतलाई सुर्खेत बसपार्क अगाडि बसले ठक्कर दिएपछि मृत्यु भएको थियो। 

बसचालकलाई कारबाही र क्षतिपूर्ति माग गर्दै मृतकका आफन्त अनि सर्वसाधारणले यरिचोक, बसपार्क, मंगलगढी चोक, एयरपोर्ट चोकमा टायर बालेर गरेको विरोध प्रदर्शन रोक्न प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ। 

मृतकका आफन्त बसचालकलाई कारबाही गरिनुपर्ने मागसहित विरोधमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने सवारीसाधन ठप्प छन्। रावतलाई आइतबार दिउँसो साढे २ बजेको समयमा बा४ख ८०६१ नम्बरको बसले ठक्कर दिएको थियो। 

विरोधमा उत्रिएका आफन्तले ढुंगा हान्दा प्रहरी घाइते भएका छन्। झडप नियन्त्रण गर्न प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए। मृतकका परिवार र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा बिहानैदेखि वार्ता भइरहेकाले स्थितिलाई नियन्त्रणबाहिर जान नदिने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ।

प्रकाशित: Feb 13, 2023| 15:08 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।