बिहीबार, वैशाख २५, २०८२

भ्यालेन्टाइन विकमा भिभोको अफर

भ्यालेन्टाइनलाई अझ विशेष बनाउन भिभोले ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- फेब्रुअरी यस्तो महिना हो जहाँ हरकोही प्रेमको रंगमा रंगिएका हुन्छन् र आफ्नो प्रेमलाई खुलेर उत्साहको रूपमा प्रकट गर्छन्। उनीहरू आफ्नो प्रियजनलाई विशेष अनुभूति गराउने उत्तम तरिका खोजिरहेका हुन्छन्। यदि तपाईं पनि आफ्नो जोडीका लागि उत्तम उपहारको खोजीमा हुनुहुन्छ भने भिभोले सही उपहार छनोट गर्ने मात्रै नभई तपाईं र तपाईंको पार्टनरलाई सधैँभरि सम्झनामा रहिरहने स्टेकेसन जित्न सक्ने अवसर प्रदान गर्दै छ।

भ्यालेन्टाइनलाई अझ विशेष बनाउन भिभोले ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ जहाँ १० फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म कुनै पनि भिभो स्मार्टफोन खरिद गर्ने एकजना भाग्यशाली ग्राहकले  १५,००० को स्टेकेसन जित्ने मौका पाउनेछन्। साथै, भिभो स्मार्टफोनहरू यसको कार्यसम्पादन र उत्कृष्ट विशेषताहरूका कारण उत्कृष्ट उपहार साबित भएका छन्। तीमध्ये यी स्मार्टफोनहरू भ्यालेन्टाइन उपहारका लागि उत्कृष्ट हुन सक्छन् :

१. भी२३ई

भिभो भी२३ई फोटोग्राफीप्रति रुचि भएका वा तस्बिरहरू क्लिक गर्न मन पराउने तपाईंको विशेष व्यक्तिलाई उपहार दिनका लागि उत्कृष्ट स्मार्टफोनहरूमध्ये एक हो। यसमा ५० एमपी अटोफोकस पोट्रेट सेल्फी क्यामेरा र पछाडि ६४ एमपी नाइट क्यामेरा रहेको छ र भी२३ई को ८ एमपी वाइड एंगल र २ एमपी म्याक्रो क्यामेराले उच्च–रिजोल्युसनका तस्बिरहरू प्रदान गर्दछ। यसमा भएको आई अटोफोकसले असाधारण परिशुद्धताका साथ आँखामा फोकस गरेर प्रयोगकर्ताहरूलाई प्रेम र खुसीका क्षणहरू द्रुत रूपमा खिच्न सक्षम बनाउँछ। भी२३ई ले ४४ वाट फ्ल्यासचार्जमार्फत सहज प्रयोगकर्ता अनुभव प्रदान गर्दछ। यो दुईवटा भेरियन्ट ८+१२८ जिबी भेरियन्टमा रु. ३६,९९९ र  ८+२५६ जिबी भेरियन्टमा रु. ४१,९९९ मा उपलब्ध छ। 

२. वाई२०एस

Metro Mart
worldlink

अर्को उपहार विकल्प, वाई२०एस मा विशाल ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ। यसमा ४ जिबी र्‍याम र १२८ जिबी रोमको साथ प्रशस्त स्टोरेज क्षमता रहेको छ। वाई२०एस मा ८ एमपी सेल्फी क्यामेरा र १३ एमपी ट्रिपल रियर क्यामेरा समावेश छ। यसमा आँखाको आरामका लागि आई प्रोटेक्सन मोड पनि रहेको छ। फोनलाई उत्कृष्ट फोटोग्राफी प्रकार्यहरूसँग सुन्दर ढंगले डिजाइन गरिएको छ जसले कुनै पनि समय, जहाँसुकै पनि निर्वाध प्रदर्शन गर्न अनुमति दिन्छ। यसको मूल्य रु. २३,४९९ रहेको छ। गुणस्तर र स्टाइलको प्रतीक यो स्मार्टफोन तपाईंको प्रियजनका लागि उत्कृष्ट उपहार हुन सक्छ। 

३. वाई१५सी

स्पष्ट तस्बिरका लागि वाई१५सी मा १३ एमपी रियर क्यामेरा रहेको छ र ५००० एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कार्यका लागि पर्याप्त चार्ज प्रदान गर्दछ। यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर छ जुन स्लिम देखिन्छ र एक परिष्कृत छवि दिन्छ। यो तपाईंको प्रियजनका लागि उत्तम उपहार हुन सक्छ र यसको मूल्य रु १४,९९९ रहेको छ।

४. वाई५३एस

वाई५३एस शक्तिशाली ब्याट्री, सुन्दर डिजाइन र शक्तिशाली मेमोरी भएको स्मार्टफोन हो। यस भ्यालेन्टाइन डेको सम्झनाहरू संगाल्नका लागि यसमा ८ जिबी र्‍याम र १२८ जिबी रोम रहेको छ। वाई५३एसमा ६४ एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ। यसमा ५००० एमएएच ब्याट्री र ३३ वाट फ्ल्यास–चार्ज रहेको छ। यसको मूल्य रु. ३०,९९९ रहेको छ। यी उत्कष्ट विकल्पहरू र स्टेकेसन जित्ने अवसरको साथ, हामी आशा गर्छौँ कि तपाईंको उत्तम भ्यालेन्टाइन डे उपहारको खोजी यहाँ समाप्त हुन्छ।


प्रकाशित: Feb 13, 2023| 13:14 सोमबार, फागुन १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्