बिहीबार, वैशाख २५, २०८२

बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघको पहल

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष आज विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गरेका छन्।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

विराटनगर- बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघ निरन्तर रुपमा पहल गर्दै आएको छ। मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष आज विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गरेका छन्।

संघका अध्यक्ष रिजाल सहित उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले अर्थ मन्त्री पौडेललाई भेट गर्दै बैंकहरुको उच्च प्रिमियम दरका कारण बैंक व्याज दर चर्को हुन गएको बताएका छन्। उनीहरुले बढीमा १ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था ल्याउन अर्थमन्त्री पौडेल समक्ष अनुरोध गरेका छन्। 

बैंकहरुले पछिल्लो अवस्थामा बैंकिङ शुल्कहरु अचाक्ली रुपले बढाएकोले त्यसलाई समेत न्यून गराउन निर्देशन दिन अर्थमन्त्री समक्ष अनुरोध गरिएको मोरङ व्यापार संघका अध्यक्ष रिजालले बताए। उनले विगतका पहलहरुबाट नेपाल राष्ट्र बैंक र बैंकहरुले निक्षेप लगायतका व्याजहरुमा केहि लचकता अपनाएको बताए। उनले ऋणीहरुको व्याज दर घटाउने कार्य चाहीँ भई नसकेको जिकिर गरे। 

अर्थमन्त्री पौडेलले विद्यमान निजी क्षेत्रका उद्योगी/व्यवसायीहरुको पछिल्लो खस्कँदो अवस्थालाई ध्यानमा राखी नेपाल राष्ट्र बैंकले केही लचक नियमहरु क्रमिक रुपमा ल्याइरहेको बताए।

प्रकाशित: Feb 12, 2023| 20:15 आइतबार, माघ २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्