बुधबार, वैशाख २४, २०८२

६ महिनामा बिमा कम्पनीले कमाए ९० अर्ब बिमाशुल्क

कुल बिमाशुल्कमध्ये ७१ अर्ब ६५ करोड २० लाख ५४ हजार जीवन बिमाशुल्क र २० अर्ब ८ करोड २५ लाख १ हजार निर्जीवन बिमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको ६ महिनामा बिमा कम्पनीले ९१ अर्ब ७३ करोड ४५ लाख ५५ हजार बिमाशुल्क आर्जन गरेको नियामक नेपाल बिमा प्राधिकरणले तथ्यांक सार्वजनिक गरेको छ। बिमा कम्पनीको यो आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा १.९१ प्रतिशतले बढी हो। प्राधिकरणका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो बिमाशुल्क संकलन ९० अर्ब १ करोड २१ लाख ६८ हजार थियो।

कुल बिमाशुल्कमध्ये ७१ अर्ब ६५ करोड २० लाख ५४ हजार जीवन बिमाशुल्क संकलन भएको छ भने २० अर्ब ८ करोड २५ लाख १ हजार निर्जीवन बिमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। जीवन बिमाशुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.०४ प्रतिशतले बढी रहेको छ भने निर्जीवन बिमाशुल्क ५.१५ प्रतिशतले बढी छ।

आव २०७८÷७९ को पहिलो ६ महिनामा ७० अर्ब ९१ करोड ३९ लाख ६२ हजार जीवन बिमाशुल्क संकलन भएको थियो भने १९ अर्ब ९ करोड ८२ लाख ६ हजार निर्जीवन बिमा शुल्क संकलन भएको प्राधिकरणको विवरणमा उल्लेख छ।

आर्थिक वर्ष २०७९÷८० को पुस मसान्तसम्म कुल जीवन बिमालेख संख्या १ करोड ४१ लाख ९ हजार १५० रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४.८८ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष १ करोड ४ लाख ६० हजार १४१ जीवन बिमालेख संख्या रहेको थियो।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म निर्जीवन बिमालेख संख्या १३ लाख ९५ हजार ३२ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ६.११ प्रतिशतले बढी हो। आव २०७८÷७९ को सोही अवधिमा निर्जीवन बिमालेख संख्या १४ लाख ८५ हजार ८५१ रहेको थियो।

Metro Mart
worldlink

बिमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म म्यादी र लघुम्यादी जीवन बिमालेख संख्या ७३ लाख १३ हजार १२१ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४३.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो संख्या ५० लाख ८९ हजार ४५८ थियो।

म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बिमालेखबाहेकको जीवन बिमालेख संख्या ५५ लाख १ हजार ५७० रहेको छ। यो पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.७२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्म ४५ लाख १९ हजार ९९३ म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बिमालेख थियो। वैदेशिक रोजगार बिमालेख संख्या पनि १२ लाख ९४ हजार ४५९ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.१७ प्रतिशतले बढी हो। आव २०७८÷७९ को सोही अवधिमा वैदेशिक रोजगार बिमालेख संख्या ८ लाख ५० हजार ६९० थियो। चालू आर्थिक वर्षको पुस मसान्तसम्म म्यादी र लघुम्यादी जीवन बिमालेख संख्या ७३ लाख १३ हजार १२१ रहेको छ।

आर्थिक वर्ष २०७९÷८० को पुस मसान्तसम्म म्यादी, लघुम्यादी र वैदेशिक रोजगारी जीवन बिमालेखसहित जीवन बिमाको दायरामा आएको जनसंख्या ४४.२५ प्रतिशत रहेको प्राधिकरणले विवरण सार्वजनिक गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी हो। अघिल्लो आव २०७८÷७९ मा म्यादी, लघुम्यादी र वैदेशिक रोजगारी जीवन बिमालेखसहित जीवन बिमाको दायरामा समेटिएको जनसंख्या ३३.४१ थियो ।



प्रकाशित: Feb 12, 2023| 17:10 आइतबार, माघ २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्