आइतबार, असार २२, २०८२

लघुवित्तको बदमासीबारे संसद्‍मा बोले भण्डारी

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले उक्त माग गरेका हुन्।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले लघुवित्तका कारण आत्महत्या बढेको भन्दै तीनलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले उक्त माग गरेका हुन्। 

‘नेपाली जनता लघुवित्तको कारणले गर्दा ४० जना जतिले आत्महत्या गरेका छन्। चर्को ब्याज र सेवा सुविधामा चर्को लेनदेनका कारण आत्महत्या भएका छन्। त्यसमा पनि अत्यधिक महिलाहरू परेको समाचार आएका छन्। यसको बारेमा हामी मौन छौं, यसको बारेमा जानकारी पाउनुपर्‍यो र सरकारले जनता सुरक्षित गर्नुपर्‍यो,’ सांसद भण्डारीले भने।

उनले लघुवित्तलाई अनुसन्धानको दायरामा ल्याउन माग गरे। उनले मानव इतिहासमा यो जत्तिको ठूलो अर्को कुनै अपराध हुन नसक्ने बताए। 

प्रकाशित: Feb 12, 2023| 15:48 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्