आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ५३ खर्ब हाराहारी पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

५३ खर्ब हाराहारी पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

निक्षेपको तुलनामा कर्जाको वृद्धिदर न्यून रहेकै कारण बाह्य क्षेत्रमा परेको चाप कम गर्न सहयोग पुगेको केन्द्रीय बैंकको ठम्याइ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप र प्रवाह गरेको कर्जा दुवै बढेको राष्ट्र बैंकले विवरण सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप ९.४ प्रतिशतले वृद्धि भई ५२ खर्ब ९७ अर्ब ९० करोड  पुगेको जनाएको छ। यस्तै, बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा ४.० प्रतिशतले वृद्धि भई ४७ खर्ब ५८ अर्ब ४२ करोड पुगेको छ।

२०७८ असारदेखि निक्षेपको तुलनामा कर्जाको वार्षिक बिन्दुगत वृद्धिदर उच्च रहेकामा २०७९ असोजबाट निक्षेपको वृद्धिदर अधिक रहँदै आएको राष्ट्र बैंकले बताएको छ। निक्षेपको तुलनामा कर्जाको वृद्धिदर न्यून रहेकै कारण बाह्य क्षेत्रमा परेको चाप कम गर्न सहयोग पुगेको केन्द्रीय बैंकको भनाइ छ।

२०७८ जेठदेखि लगातार दबाबमा रहेको शोधनान्तर स्थिति २०७९ असोजबाट निरन्तर बचतमा छ। शोधनान्तर स्थितिमा सुधार आउन थालेसँगै मौद्रिक तरलतामा विस्तार भएको छ। 

तरलतामा सुधार आएका कारण अल्पकालीन ब्याजदर घट्न थालेको हो। यसको असर निक्षेप तथा कर्जा ब्याजदरमा समेत क्रमशः देखिँदै जाने केन्द्रीय बैंकको अनुमान छ।

प्रकाशित: Feb 12, 2023| 14:18 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्