बिहीबार, वैशाख २५, २०८२

एग्रिटेक प्रदर्शनी आज सकिँदै

प्रदर्शनीको नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाहले एक कार्यक्रमका बीच उद्घाटन गरेकी थिइन्।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

भरतपुर- मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि.को संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी चलिरहेको छ। २७ माघमा सुरु भएको प्रदर्शनी आज अर्थात् २९ माघमा सकिनेछ। 

प्रदर्शनीको नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाहले एक कार्यक्रमका बीच उद्घाटन गरेकी थिइन्। प्रदर्शनी अवलोकन गर्दै मन्त्री शाहले देशको समग्र अर्थतन्त्रको हिंसा ओगटेको कृषि प्रधान देश नेपालमा कृषिसँग सम्बन्धि प्रदर्शनीहरुले निकै ठूलो महत्व राख्ने बताइन्। उनले यस्ता प्रविधियुक्त प्रदर्शनीहरुले सामान्य किसानदेखि ठूलो परिमाणमा व्यवसायिक कृषिसँग काम गर्दै आएका कृषकहरुलाई परम्परागत कृषि प्रणालीबाट वैज्ञानिक कृषि प्रणालीमा लैजान महत्वपूर्ण भूमिका खेलेको बताइन्।

उनले प्रदर्शनीमा रहेका अधिकांश कृषि सम्बन्धित स्टलहरुमा पुगी सम्बन्धित सरोकारवालाहरुसँग कृषिसँग सम्बन्धित उपकरणहरुको बारेमा जानकारी लिएकी थिइन्। प्रदर्शनीको अवलोकन गर्दै मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहा, कन्सुल जनरल भारत बिरगञ्जका प्रमुख नितेश कुमार, इसोचामका सहायक निर्देशक मनाङ्क शर्मा लगायतले यस्ता खाले प्रदर्शनीले वास्तविक कृषकहरुको मर्म, भावना समेटन सक्ने भएकोले प्रदर्शनी निकै फलदायी भएको बताएका थिए। 

प्रर्दशनीमा कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरु सहयोगी संस्थाको रुपमा रहेका छन् ।

प्रकाशित: Feb 12, 2023| 11:30 आइतबार, माघ २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्