काठमाडौं- हुन्डाईले नेपालमा नयाँ अल-न्यु भेन्यु गाडी सार्वजनिक गरेको छ। हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘न्यु स्टाइल न्यू स्टेटमेन्ट’ ट्यागलाइनका साथ नेपाली बजारमा नयाँ भेन्यू सार्वजनिक गरेको हो।
भेन्युको पहिलेका भेरियन्टहरू ग्राहकहरुको रोजाइ बन्न सफल भएका कारण नयाँ भेन्यु पनि नेपाल ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीले यो नयाँ भेन्युले प्रतिस्पर्धी कम्प्याक्ट एसयुभी बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास लिएको छ।
नयाँ भेन्यूले यसको सौन्दर्य डिजाइन, अन्य थप फिचरहरू, प्रफर्मेन्स र सुरक्षाकासाथ विश्वव्यापी रूपमा नयाँ स्ट्यान्डर्ड कायम गरेको कम्पनीले जनाएको छ। नयाँ भेन्युमा १.३ लिटर पेट्रोल र १.० लिटर टर्बो इन्जिन छ। साथै यसमा ५ स्पिड म्यान्युअल र ७ स्पिड डिसीटी गियरबक्स उपलब्ध रहेको छ।
यो गाडीको ग्राउन्ड क्लिरियन्स १९५ एमएम छ। यो गाडीलाई कम्पनीले सीटी र एडभेन्चरस ड्राइभको लागि सुहाउने बताएको छ। यसमा कम्पनीले पुरानो प्यारामेट्रिक फ्रन्ट ग्रिलहरुलाई रि-डिजाइन गरेको छ। साथै यो गाडीमा भएको रुफ डिजाइनले रिच र स्पोर्टी लुक दिइएको छ। पुन: डिजाइन गरिएको प्यारामेट्रिक फ्रन्ट क्रोम ग्रिल र शार्क फिन एन्टेनाले छतको डिजाइनसँग राम्रो समन्वय गरेको छ।
अल-न्यु हुन्डाई भेन्युमा एलईडी ल्याम्प, एर्गोनोमिकली डिजाइन गरिएको ड्राइभर सिट, ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, कुल्ड ग्लोभ बक्स, डुअल एयरब्याग र सनरुफ रहेको छ। नयाँ हुन्डाई भेन्युको भित्री भाग यसको फराकिलो भएकाले विलासी र फ्यामिलि कार जस्तै महसुश हन्छ। यसको भित्री भागको लेआउट डबल- टोन ब्लाक ग्रेज कलरमा छ।
नयाँ भेन्युमा ६०/४० स्प्लिट सिट छ जसले बुटको स्पेस विस्तार गर्छ। कप होल्डरसहितको रियर सेन्टर आर्मरेस्ट, दुई वटा रियर एसयुबी चार्जर, टु स्टेप रियर रिक्लिनिङ सिट जस्ता आकर्षक नयाँ फिचरहरू यसमा छन्।
यस्तै यसमा रियर पार्किङ असिस्ट क्यामेरा, डुअल जोन क्लाइमेट कन्ट्रोल एसी, टायर प्रेसर निगरानी प्रणाली, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल असिस्ट कन्ट्रोल पनि छ। कम्पनीका अनुसार नयाँ हुन्डाई भेन्यु ३ भेरियन्ट ई, एस र एसएक्समा उपलब्ध छन्। जसको सुरुवाती मूल्य ३९.९६ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।