सोमबार, जेठ १३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ओपीडी सेवा बन्द भएपछि इमर्जेन्सीबाटै सेवा दिँदै अस्पतालहरु

ओपीडी सेवा बन्द भएपछि इमर्जेन्सीबाटै सेवा दिँदै अस्पतालहरु

नेपाल चिकित्सक संघले ओपीडी सेवाहरु बन्दको आव्हान गरेपछि सरकारी अस्पतालहरुले इमर्जेन्सी टिकट काटेरै सेवा दिन थालेका छन्।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं– नेपाल चिकित्सक संघले ओपीडी सेवाहरु बन्दको आव्हान गरेपछि सरकारी अस्पतालहरुले इमर्जेन्सी टिकट काटेरै सेवा दिन थालेका छन्। २७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनिथ सिंहमाथि प्रहरीले लाठी चार्ज गरेको थियो। प्रहरीको लाठी चार्जबाट डा. सिंह घाइते भएका थिए।

त्यसपछि चिकित्सकले दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेर आन्दोलन गर्दै आइतबार इमर्जेन्सी बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन्। यतिबेला चिकित्सक संघ र सरकारबीच वार्ता भइरहेको छ। 

तर वार्ताको टुंगो नलाग्दासम्म अस्पतालहरुले सेवाप्रवाहका लागिइमर्जेन्सीको टिकट काटेर भए पनि बिरामीलाई सेवा दिइरहेका छन्। बिरामीलाई स्वास्थ्य सेवाबाट बञ्चित हनु नपरोस् भनेर इमर्जेन्सीबाटै सेवा दिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए।

'अस्पतालमा आउने नयाँ बिरामीलाई इमर्जेन्सीको टिकट दिएर सेवा दिइएको छ,' उनले भने। त्यस्तै कान्ति बाल अस्पतालले पनि उपचारका लागि आएका बिरामीलाई नफर्काउने भन्दै इमर्जेन्सीको टिकट दिएरै उपचार गरिरहेको अस्पतालका निर्देशक डा. युवानिधी बसौलाकाले बताए। 

यता परोपकार प्रसुति गृहले पनि ओपिडी कक्षबाट बिरामीलाई सेवा दिइरहेको अस्पतालका निर्देशक डा. पवनजंग रायमाझीले बताए। वीर अस्पतालले पनि अत्यावश्यक भएका बिरामीलाई नफर्काउने गरी सेवा प्रवाह गरेको अस्पतलका  प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेत बताउँछन्। उनका अनुसार तय भएका शल्यक्रियाहरु भइरहेको र गम्भीर प्रकृतिका बिरामीलाई नर्फकाएको बताए।

प्रकाशित: Feb 12, 2023| 11:05 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।