धनगढी- धनगढीबाट भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर २ मलनचोकबाट २८ वर्षीय सुरेन्द्र चौधरी र ४२ वर्षीय भागरती मल्लम पक्राउ परेका हुन्।
शनिबार प्रहरी चौकी त्रिनगरको समूहले उनीहरुलाई अबैध भन्सार छलीका सामानसहित पक्राउ गरेको हो। जिल्लाको कैलारी गाउपालकिका वडा नम्बर ९ का चौधरी र गोदावरी नगरपालिकाका मल्लले भारतबाट भन्सार छली गरी ल्याएको २० हजार पाँच सय मूल्य बराबरका अबैध सामान बरामद गरिएको हो।