काठमाडौं- कालीमाटी फलफूल तथा बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ। जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २८० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १८० रुपैयाँ रहेको छ।
यसैगरी अदुवाको १००, अनारको ३५०, अमलाको ७०, अम्बाको १२० रुपैयाँ अधिकतम मूल्य रहेको छ। यसैगरी आलु सेतोको २०, उखुको ९०, काउली तराईको २०, काउली स्थानीयको २०, हरियो खुर्सानी अकबरेको ३०० रुपैयाँ अधिकतम मूल्य रहेको छ।
यसैगरी ठूलो गोलभेडा नेपालीको ५०, लोकल घिउसिमीको ७०, चुकन्दरको ७० रुपैयाँ रहेको छ।