बारा- बाराको निजगढमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार बाराको निजगढ नगरपालिका वडा नम्बर ११ पुर्व टोलस्थित जंगल जाने बाटोबाट प्रहरीले एक जनालाई २ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको हो।
अस्थायी प्रहरी पोष्ट रतनपुर बाराका प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुर नेतृत्वको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो। निजगढ नगरपालिका वडा नम्बर १२ बुङ्जोर बस्ने २३ वर्षीय बिजय गोलेले बोकेको कालो प्लाष्टिकको झोलाबाट २ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गोलेलाई नियन्त्रणमा लिई थप आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाइएको छ।