सोमबार, जेठ १३, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाले गुमाए ज्यान

तनहुँ, भक्तपुर, गुल्मी, अर्घाखाँची, सुनसरी, बारा, दैलेखलगायतका स्थानमा भएका सवारी दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको प्रहरीले विवरण सार्वजनिक गरेको हो।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं– नेपाल प्रहरीले देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको बताएको छ। 

तनहुँको आबुँखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकमा डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग१ख ६३०७ नम्बरको बसको ठक्करबाट पैदलयात्री ४० वर्षीय मीनबहादुर विकको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको चितवनस्थित सिएमसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै,भक्तपुरको चागुँनारायण नगरपालिका–६ बाख्रीगाँउस्थित सडकमा नगरकोटबाट तेलकोटतर्फ जाँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं शंखरापुर नगरपालिका– ५ पालुवारीका ४० वर्षीय शंखर भोलोन तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका–७ जोरपाटीस्थित सडकमा बा४ख ८९१२ नम्बरको बसमा बा९९प३४८५ नम्बरको स्कुटर ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक धनकुटा खोलीखर्क गाउँपालिका–७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ झौखेलकी ३९ वर्षीया ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधारास्थित सडकमा पिपलधारातर्फ जाँदै गरेको लु४त ७६५६ नम्बरको ट्रयाक्टरबाट लडेर सोही ठाउँका २२ वर्षीय सुवास परियारको शुक्रबार दिउँसो मृत्यु भएको छ। ट्रयाक्टरबाट लड्दा सोही ट्रयाक्टरको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो। ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार सुनसरीको इटहरी उपमहानगर–६ वीरेन्द्रचोकमा ना५ख ४५५३ नम्बरको ट्रकले को२१प ५४७७ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही उपमहानगर–५ बस्ने ३२ वर्षीया तारा निरौलाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीका अनुसार बाराको कलैया उपमहानगर–२० वसतपुरस्थित सडकमा बेनौलीबाट वसतपुरतर्फ जाँदै गरेको बा२६प ४९०३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५५ वर्षीय दिनानाथ दासको शुक्रबार राती मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दैलेखको नारायण नगरपालिका–८ सिमाँडास्थित सडकमा से२त १६५२ नम्बरको ट्रयाक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरमा सवार भगवतीमाई गाउँपालिका–१ गन्मका ६८ वर्षीय गोविन्द अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको हो। ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

प्रहरीका अनुसार अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ अरबकास्थित सडकमा लु२त ९२७१ नम्बरको ट्रयाक्टर अन्दाजी १५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सोही गाउँपालिका–८ गैनडाँडाका १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका ट्रयाक्टर चालकसमेत २ जनालाई उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले बताएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Feb 11, 2023| 16:39 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।