काठमाडौं- 'सफलता तपाईंको, सहकार्य चैतन्यको, शनिबार सिकाइको बार' भन्दै काठमाडौंको शंखमूलमा रहेको चैतन्य एकेडेमीले नि:शुल्क शनिबारीय श्रृङ्खला सुरु गरेको १३० साता पुगिसकेको छ। आज चैतन्यको १३०औं नि:शुल्क शनिबारीय श्रृङ्खला हो। नेपालको निजामति सेवा प्रवेश गर्न चाहने उम्मेदवारका लागि चैतन्यले सामाजिक उत्तरदायीत्व अन्तर्गत यो सेवा सुचारु गर्दै आएको हो।
कोरोनाकालिन लकडाउनबाट सुरु भएको अनलाइन सेवा अहिले पनि नि:शुल्क छ। र, यसको लोकप्रियता थप बढ्दो छ। शनिबार विद्यार्थीहरूको फुर्सदको बार भएकाले पढाइमा समय दिनसक्ने हुँदा सोही कुरालाई मध्यनजर गर्दै चैतन्यले यो अवधारणा ल्याएको हो। जससको प्रभावकारीताले चैतन्य सन्तुष्ट छ।
शुक्रबार चैतन्यले अल्फा हाउसमा लोकसेवाबाट हालसालै शाखा अधिकृतमा नाम निकाल्न सफल उम्मेदवारहरूका लागि सम्मान कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा सहभागी अधिकांश विद्यार्थीहरूले चैतन्यको शनिबारीय श्रृङ्खला र अनलाइन कक्षा निकै प्रभावकारी भएको बताएका थिए।
शाखा अधिकृतमा नाम निकाल्न सफल लोकराज ढुंगानाले नाम निकाल्न सफल भएकाहरूलाई यसरी एकेडेमीले सम्मान गर्दा खुसी लागेको बताए। 'दूरदराजमा रहेका विद्यार्थीहरूले अनलाइन र चैतन्यको नि:शुल्क शनिबारीय श्रृंखलाबाट फाइदा लिनु भएको छ। हामीले पनि त्यसबाट फाइदा लिएका थियौं। जसले हामीलाई लेखन सम्बन्धि तरिका सिकाउनुका साथै आत्मविश्वास बढाएको थियो,' उनले भने।
अधिकृतमा सफल भएका ५० जना विद्यार्थीको सहभागीता रहेकोमा सबैले बालैपालो आफ्नो धारणा सुनाएका थिए। कार्यक्रममा विशेष अथितिका रूपमा लोकसेवा आयोगका पूर्व अध्यक्ष एवम् पूर्व सचिव उमेश मैनाली, पूर्वसचिव गोपीनाथ मैनाली र नेपाल सरकारका सहसचिव टोकराज पाण्डे रहेका थिए। उनीहरूले सबैका धारणा सुनिसकेपछि अधिकृतमा सफलता हासिल गरेको उम्मेदवारहरूलाई शुभकामना दिनुका साथै विभिन्न अनुभव सुनाएका थिए।