सोमबार, जेठ १३, २०८२

बैतडीको एक घरमा आगलागी

बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको मेलौली नगरपालिका-८ कोटीगाउँ हल्दोडाका कृष्णसिंह बिष्टको घरमा बिहीबार राति आगलागी भएको हो।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

बैतडी- बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको मेलौली नगरपालिका-८ कोटीगाउँ हल्दोडाका कृष्णसिंह बिष्टको घरमा बिहीबार राति आगलागी भएको हो।

रातिको समयमा चुल्होबाट सल्केको आगोले घरभित्र रहेका लत्ताकपडा, अन्न लगायत जलेर नष्ट हुँदा ८७ हजार बराबरको क्षति भएको स्थानीय दिपेन्द्रसिंह सुतारले बताए। आगलागी भएको ३ घण्टापछि स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागी हुँदा घरभित्र भएका लत्तकपडा, एकथान सोलार, ५ हजार नगद, २ क्वीन्टल मकै, १ क्वीन्टल धान, ७५ किलो गहुँ लगायत घरभित्र भएका सबै सामग्री जलेर नष्ट भएका वडा अध्यक्ष तपेन्द्रसिंह बिष्टले बताए। 

प्रकाशित: Feb 11, 2023| 12:20 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।