सोमबार, जेठ १३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बर्डफ्लु जोखिम बढेपछि सतर्कता अपनाउन ललितपुर महानगरको आग्रह

बर्डफ्लु जोखिम बढेपछि सतर्कता अपनाउन ललितपुर महानगरको आग्रह

काठमाडौं उपत्यकामा बर्डफ्लु देखिएपछि फैलिने जोखिम बढेको भन्दै ललितपुर महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा बर्डफ्लु देखिएपछि फैलिने जोखिम बढेको भन्दै ललितपुर महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

घरपालुवा पक्षीलाई खुला नछोड्न र जङ्गली तथा अन्य चराहरुको सम्पर्कमा पुग्न नदिन, पशुपंक्षी फार्ममा जैविक सुरक्षा घेरोको व्यवस्था गर्न, मरेका पंक्षीलाई गहिरो खाल्डोमा पुर्न तथा प्रयोग भइसकेका पुराना क्रेट, बोरा जस्ता सामग्री आफ्नो फार्ममा प्रयोग नगर्न र अस्वाभाविक रुपमा पंक्षी बिरामी भएमा तत्काल नजिकैको पशुसेवा कार्यालयमा सूचना दिन आग्रह गरिएको छ।

काठमाडौं उपत्यकामा अहिले पंक्षीको टाउको सुन्निने, सिउर लोती निलो, कालो हुने र धेरै संख्यामा एकै पटक मर्ने जस्ता समस्या देखिएको छ। बर्डफ्लु अत्यन्तै छिटो फैलिने र मानिसमा समेत सर्न सक्ने रोग भएकाले सचेत हुन विज्ञको आग्रह छ। काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लु पुष्टि भइसकेको छ।

प्रकाशित: Feb 11, 2023| 11:54 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।