बिहीबार, वैशाख २५, २०८२

टाटा जेनभोल्टज जेनेरेटरको बिक्री उत्साहजनक

टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनेरेटरको लोकप्रियता बढेको छ।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनेरेटरको लोकप्रियता बढेको छ। 

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को अनुसार सन २०२२ को बीचमा बिक्री वितरण सुरु गरेको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारको उल्लेखनीय अंश ओगट्न सफल भएको छ। 

कम्पनीका अनुसार टाटा  जेनभोल्टज जेनेरेटरको बिक्रीमा उत्साहजनक ढंगले वृद्धि भइरहेको छ। विभिन्न प्रयोजनहरुको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो पनि छ। त्यसैले बढी भन्दा बढी उपभोक्ताहरुमा यसप्रति आकर्षण देखिरहेको छ।

टाटा मोटर्सको अन्तराष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टरमा) डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको छ। सीपीसीबी २ सम्बन्धी उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी  उत्कृष्ट कार्यक्षमता देखाउँछ। 

‘यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तराष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ’, कम्पनीले भनेको छ।   

Metro Mart
worldlink

सिप्रदी ट्रेडिङ प्रा.लि.का ब्याट्री डिभिजनका प्रमुख सुरेश कुमार तिवारीले टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित कम्पनीको प्रयासमा एक नयाँ ऊर्जा प्रदान गरिरहेको बताए। 

उनले भने, ‘हामी पूर्ण विश्वस्त छौँ कि यो नेपालको पूर्वाधार एवं औद्योगिक विकाशको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल भइरहेको छ।’ निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई उपयुक्त यो उत्पादन २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित दुवै किसिममा उपलब्ध छ।


प्रकाशित: Feb 10, 2023| 19:00 शुक्रबार, माघ २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्