बुधबार, जेठ १५, २०८२

विभिन्न स्थानमा तीनजना मृत फेला

काठमाडौं, दोलखा र बाँकेमा गरी तीनजना मृत फेला परेका छन्।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं, दोलखा र बाँकेमा गरी तीनजना मृत फेला परेका छन्।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ डेरा गरी बस्ने मकबानपुर घर भएका २२ वर्षीय सुरेश लामा सोही ठाउँस्थित सडकको छेउमा विद्युतको पोल गाड्न खनिएको खल्डोभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

दोलखाको कालिन्चोक गाउँपालिका-६ तल्लोटोल बस्ने ५१ वर्षीय लिला बहादुर सुनुवार सोही ठाउँस्थित ठुलोखोला ओखलढुंगे भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

बाँकेको डुडुवा गाउँपालिका-२ अमृतपुरुवा बस्ने जिवन कुमार कुर्मीको घरमा विगत २ वर्षदेखि बस्दै आएका हाल नाम, थर, वतन नखुलेका करिब ७० वर्षीय पुरुष आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






प्रकाशित: Feb 10, 2023| 22:00 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।