मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • टर्की-सिरिया भूकम्पमा मर्नेको संख्या २१ हजार नाघ्यो, अर्को प्रकोपको चेतावनी

टर्की-सिरिया भूकम्पमा मर्नेको संख्या २१ हजार नाघ्यो, अर्को प्रकोपको चेतावनी

उद्धारकर्मीहरूले जीवित मानिसको खोजी अझै गरिरहेका छन्। तर थप जीवित मानिस भेटिने सम्भावना क्षीण हुँदै गएको छ।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

सोमबार टर्की र छिमेकी सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको स‌ंख्या शुक्रबार २१ हजार नाघेको छ। उद्धारकर्मीहरूले जीवित मानिसको खोजी अझै गरिरहेका छन्। तर थप जीवित मानिस भेटिने सम्भावना क्षीण हुँदै गएको छ। 

राहत सामग्री बोकेका संयुक्त राष्ट्रसंघका लरी टर्कीको सीमा हुँदै सिरिया प्रवेश गरेका छन्। सिरियामा पुगेको यो पहिलो अन्तर्राष्ट्रिय सहायता हो। उत्तरी सिरिया विद्रोहीहरूको नियन्त्रणमा भएकाले उद्धार र राहतमा  समस्या भएको बताइएको छ।

अत्यधिक चिसो मौसमका कारण हजारौं भूकम्पपीडितको जीवन जोखिममा छ। प्रकोपपछि उनीहरूले आवास, खानेपानी र खाद्यान्न पाएका छैनन्। टर्कीका राष्ट्रपतिले उक्त भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विपत्तिको पूर्ण हद अझै हाम्रो आँखा अगाडि देखा परिरहेको चेतावनी दिएका छन्।

विशेषगरी लामो समयदेखि जारी गृहयुद्धले ध्वस्त पारेको सिरियाको स्थितिमा उनले जोड दिए। बिहीबार उत्तर-पश्चिम सिरियामा पहिलो संयुक्त राष्ट्रसंघीय मानवीय सहायता पठाइएको छ। गुटेरसले थप सहयोगको पठाउने प्रतिबद्धता जनाउँदै सुरक्षा परिषद्लाई एकभन्दा बढी सीमामार्फत् सहायता पठाउने अनुमति दिन आग्रह गरेका छन्।

दक्षिण टर्कीमा भूकम्प गएको ९० घण्टापछि एक नवजात शिशु र उनकी आमाको उद्धार गरिएको छ। यागीज नाम गरेका १० दिनका शिशुलाई भग्नावशेषबाट उद्धार गरिएको हो। भिडियोहरूमा ती शिशुलाई सावधानीपूर्वक कम्बलमा बेरेर एम्बुलेन्समा लगिएको देख्न सकिन्छ। उनकी आमालाई स्ट्रेचरमा राखेर ल्याइएको थियो।

धेरै मानिस भग्नावशेषमुनि फसेका छन् र अन्य केही मानिसको हाइपोथर्मियाका कारण मृत्यु भएको छ। यो क्रम जारी रह्यो भने गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिइएको छ। डब्ल्यूएचओले जीवितले तत्काल आश्रय, खाना, पानी र औषधि नपाएको खण्डमा दोस्रो मानवीय प्रकोपले प्रहार गर्न सक्ने चेतावनी दिएको छ।

प्रकाशित: Feb 10, 2023| 19:30 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।