बिहीबार, जेठ १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

थाई स्माइल एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको निरन्तरता दिन एयरलाइन्सका प्रतिनिधिसँग घूसका लागि बार्गेनिङ गरेको पाइएपछि उनी निलम्बनमा परेका हुन्।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्। थाई स्माइल एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको निरन्तरता दिन एयरलाइन्सका प्रतिनिधिसँग घूसका लागि बार्गेनिङ गरेको पाइएपछि उनी निलम्बनमा परेका हुन्।

गैरकानुनी लाभ लिन गरेको कुराकानीको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ। मन्त्रालयको पत्रका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ठाकुरलाई निलम्बन गरेको हो। घटनाबारे अनुसन्धान गर्न प्राधिकरणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्र पठाउने भएको छ। 

तत्कालीन महाप्रबन्धक भोलाप्रसाद गुरागाईं उमेर हदका कारण सेवानिवृत्त भएपछि ठाकुर २०७६ फागुन ६ गते विमानस्थलको महाप्रबन्धकमा नियुक्त भएका थिए।

यसअघि माघ १० गते त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाल घूससहित पक्राउ परेका थिए। उनलाई अख्तियारले त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो।



प्रकाशित: Feb 10, 2023| 12:57 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।