मंगलबार, असार २४, २०८२

तोलामा १३ सय घट्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो। शुक्रबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ भने बिहीबार १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित: Feb 10, 2023| 12:25 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्