बिहीबार, वैशाख २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो आयो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा [पूर्णपाठ]

यस्तो आयो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा [पूर्णपाठ]

पाल राष्ट्र बैंकले ऋणीका लागि केही लचकता अपनाउँदै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले ऋणीका लागि केही लचकता अपनाउँदै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ।

राष्ट्र बैंकले शुक्रबार समीक्षा सार्वजनिक गर्दै २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तानी गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्वको भाखा नाघेको एक महिनाभित्र भुक्तानी गरेमा पेनाल्टी ब्याज लिन नपाउने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तसम्म सक्रिय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्थासमेत मिलाएको छ।

बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्था अन्तर्गत निष्क्रिय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवं सुक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्नेलगायत व्यवस्थामा अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा पुनरावलोकन गर्ने भएको छ।

मौद्रिक नीति समीक्षाको पूर्णपाठ

Metro Mart
worldlink

प्रकाशित: Feb 10, 2023| 11:21 शुक्रबार, माघ २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्