दाङ- घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित गोरक्ष रत्ननाथ मठको हाताभित्र रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ।
आज बिहान करिव तीन बजे तिर आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीबाट मानवीय क्षति नभए पनि बटुकको पुस्तक, खाद्यान्न, लत्ता कपडा सम्पूर्ण जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
बटुकको आवास तथा भोजनालय रहेको हल कोठामा विद्युत सर्ट हुँदा आगलागी भएको बताइएको छ। आगलागी भएको जानकारी भएपछि प्रहरी बटुक, साधु सन्त, दमकल तथा स्थानीय मिलेर आगो नियन्त्रणमा ल्याइएको थियो। गुरुकुलमा २५ जना बटुक आवासीय अध्ययन गर्दै आइरहेका छन्।