काठमाडौं- बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। अदालत पाटन ललितपुरले २०७९ मंसिर २३ गतेको आठ लाख जरिवाना र तीन दिन कैद सजाय तोकी फरार रहेका जिल्ला झापाको दमकका दिनेश खतिवडालाई पक्राउ गरेको हो।
हाल काठमाडौंको भिमसेनगोला बस्ने ४३ वर्षीय खतिवडालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीको भनाइ छ।