बिहीबार, जेठ १६, २०८२

वन्यजन्तु हेर्न जिप सफारी

कालिका नगरपालिका–५ पदमपुरस्थित वनमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि जिप सफारी सेवा सुरु गरिएको हो।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

चितवनको भीमवली सामुदायिक वनले पर्यटकका लागि जिप सफारी सुरु गरेको छ। कालिका नगरपालिका–५ पदमपुरस्थित वनमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि जिप सफारी सेवा सुरु गरिएको हो। 

भीमवली पार्कदेखि सुरु हुने सफारी गुन्द्रेमान्द्रे चौर हुँदै डेढदेखि दुई घन्टाको यात्रापछि पुनःभीमवलीसम्म सञ्चालन हुनेछ। नगरपालिकाका जनप्रतिनिधिसहित स्थानीय सरोकारवालालाई जिप सफारी गराएर औपचारिकरुपमा सफारी सेवा सुरु गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले जानकारी दिए। 

उनले जिप सफारीका क्रममा गैँडा, चित्तल, जरायो, मयुरलगायतका जीवजन्तु अवलोकन गर्न पाइने बताए। पदमपुर पर्यटनको सम्भावना भएको क्षेत्र हो। 

नगर प्रमुख विनोद रेग्मीले भीमवली वन क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुने बताए। उनले नगरपालिकाले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाP। नगर उपप्रमुख विमला लामाले स्थानीयस्तरमा पर्यटकीय क्षेत्रको सम्भावना खोजी हुनु सकरात्मक भएको भन्दै यसलाई दिगो बनाउन सबैले सहयोग गर्नुपर्ने बताOg\। भरतपुरबाट नजिकै रहेकाले पनि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढ्ने उनले विश्वास व्यक्त गरिg\.

यहाँ आन्तरिक पर्यटक आकर्षित गर्न घरबास (होमस्टे) पनि सञ्चालनमा ल्याइएको भीमवली सामुदायिक होमस्टेका अध्यक्ष लोकराज चौधरीले जानकारी दिए। पहिलो चरणमा सात घरबास सञ्चालनमा ल्याइएको छ। पाहुनाको आगमन बढेसँगै घरबासको सङ्ख्या पनि बढाइने उनको भनाइ छ। 

विश्व वन्यजन्तु कोष (डब्लुडब्लु एफ)को सहयोगमा घरबास निर्माण गरिएको हो। घरबास सञ्चालनका लागि आवश्यक तालिम दिइएको छ। भीमवली सामुदायिक होमस्टे नगरपालिकाकै पहिलो हो। घरबासमा आउने पाहुनालाई थारुको परम्परागत खानासँगै थारु समुदायको कलासंस्कृतिले मनोरञ्जन प्रदान गरिने अध्यक्ष चौधरीले बताए। 


प्रकाशित: Feb 09, 2023| 22:30 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।