सोमबार, वैशाख १५, २०८२

मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत

उन्मुक्तिले रावललाई विश्वासको मत नदिने निर्णय गरी सुदूरपश्चिम प्रदेशका ७ वटै सांसदलाई काठमाडौं ल्याइएको थियो।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९


काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत गुमाएका छन्। रावलले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफल नै भएन। छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदान नै नभई रावल पदमुक्त भएका हुन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११ (सभामुखसहित), एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन्। विपक्षमा रहेको नेपाली काँग्रेसका १९, नेकपा एसका चार र एक स्वतन्त्र सदस्य रहेका छन् ।

उन्मुक्तिले रावललाई विश्वासको मत नदिने निर्णय गरी सुदूरपश्चिम प्रदेशका  ७ वटै सांसदलाई काठमाडौं ल्याइएको थियो। उनीहरूलाई पार्टीका संस्थापक रेशम चौधरीको इन्ट्रेस्टमा काठमाडौं ल्याइ तीन दिनदेखि होटल क्राउन प्लाजामा राखिएको छ।

प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ ९२० बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्नेमा बुधबार रावलले विश्वासको मत लिने कार्यक्रमसहित प्रदेशसभा बैठक बसेको थियो।

Metro Mart
worldlink

तर उन्मुक्तिका सबै सांसद अनुपस्थित भएपछि उक्त बैठक आज ४ बजेका लागि सारिएको थियो। आज पनि उन्मुक्तिका सांसदहरु बैठकमा अनुपस्थित भएका हुन्। 


प्रकाशित: Feb 09, 2023| 17:39 बिहीबार, माघ २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।