शुक्रबार, वैशाख २६, २०८२

केरा खेतीमा जमेका पूर्ण

करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहेका साउदको वार्षिक ९० लाख बराबरको कारोबार रहेको छ।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउद विगत अढाई दशकदेखि केरा खेती गरिरहेका छन्। करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहेका साउदको वार्षिक ९० लाख बराबरको कारोबार रहेको छ।

आफूसित भएको अढाई बिघा खेतसँगै बाँकी तीन÷चार ठाउँमा जमिन भाडामा लिएर केरा खेती गरिरहेका साउदले केराबाट वार्षिक पाँचदेखि सात लाख बचत गरिरहेको बताए। 'सबै खर्च कटाएर पाँच÷सात लाख बचत हुन्छ', उनले भने,'कमाईको रकमले छोराछोरी पढाउनेदेखि सम्पत्ति जोड्ने काम भयो।'

उनले तिल्केनी क्षेत्रका करिब डेढ सय किसान केरा खेतीमा संलग्न रहेको बताए। प्रतिबिघा रु ५० हजार भाडा तिर्दै आएका साउदले केरा खेतीबाटै जीविका चलेको बताए। पछिल्लो समय कृषि ज्ञान केन्द्र र गाउँमा रहेको खप्तड कृषि सहकारी संस्थाको सहयोगमा केरा चिस्यान घर निर्माण भइसकेको छ।'कृषिबाट रु ४९ लाख र बाँकी सहकारीबाट लगानी गरेर चिस्यान घर निर्माण गरेका छौँ', सहकारीका अध्यक्षसमेत रहेका साउदले भने,'केरा खेतीबाट धेरै स्थानीयवासीलाई ज्याला मजदुरीको काम मिलेको छ।'

विसं २०५४ देखि केरा खेती गरिरहेका साउदले सहकारीमार्फत भीमदत्त नगरपालिका–९, १० र ३ मा केराखेती र बाख्रापालन लगायतका आयमूलक व्यवसाय सञ्चालन गरिरहेको बताए। 'भारतीय केरा आयात हुँदा स्थानीय उत्पादन खपतमा समस्या भयो', उनले भने,'स्थानीय उत्पादनलाई बजारको समस्या हल गर्न सरोकारवाला निकायले पनि पहल गरिदिनुपर्छ।'

उनले केरा व्यवसायमा नौ जनालाई रोजगारीसमेत दिएको बताए। दुई वर्षअघि मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमअन्तर्गत पनि किसानलाई धेरै सहुलियत मिलेको बताए। 'मुख्यमन्त्री नमुना कृषि कार्यक्रमले यहाँ थोपा सिँचाइ, ढुवानीका लागि सवारी साधन खरिद, केराका बिरुवा तथा सिँचाइ कार्यक्रममा सहयोग भयो', उनले भने,'यहाँ छुट्टै समिति बनाएर यो कार्यक्रम यहाँका चार वडामा लागू भएको थियो।'

Metro Mart
worldlink

प्रकाशित: Feb 09, 2023| 06:00 बिहीबार, माघ २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्