बुधबार, असार २५, २०८२

सुनको मूल्य बढ्दा आज कतिमा भइरहेको छ कारोबार?

नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं- नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको छ।

अघिल्लो दिन प्रतितोला एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज दुई सयले बढेर एक लाख चार हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार एक सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर एक हजार तीन सय १५ तोकिएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित: Feb 08, 2023| 11:48 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्