सोमबार, जेठ २७, २०८२

तोक्मेडाँडा सामुदायिक वनमा आगलागी

ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ। बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा आज दिउँसो अचानक भएको आगलागी नियन्त्रणमा आएको छैन।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं- ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ। बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा आज दिउँसो अचानक भएको आगलागी नियन्त्रणमा आएको छैन।

आगलागी सुरु भएलगत्तै यहाँस्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीयवासीले बस्तीतर्फको भागमा अघि बढेको आगो निभाएका थिए। समयमै अग्नि रेखा बनाएर आगो निभाइएपछि कफी हाउस लाइनको बस्ती जोगिएको छ।

आगलागी क्षेत्रमा सल्लाका मात्रै रुख भएकाले छोटो समयमै आगो ठूलो क्षेत्रमा फैलिएको थियो। पूर्वतर्फको भागमा अझै पनि आगो सल्किरहेको स्थानीयवासीले बताएका छन् । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय बासिन्दा खटिएका थिए।

आगो लागेको क्षेत्रमा सडकसमेत रहेकाले दमकलको समेत प्रयोग भएको छ। आगलागीको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रकाशित: Feb 08, 2023| 09:25 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।