शुक्रबार, वैशाख २६, २०८२

जगदम्बा मोटर्सको 'टिभिएस लभ एक्सप्रेस' अफर

यस योजनाको थिम एक्सप्रेस द पावर अफ लभ रहेको छ। यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँ टिभिएस स्कुटर खरिदमा रु.६००० सम्मको स्योरशट नगद छुट पाउनेछन्।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस स्कुटरहरुमा टिभिएस लभ एक्सप्रेस योजना ल्याएको छ।

यस योजनाको थिम एक्सप्रेस द पावर अफ लभ रहेको छ। यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँ टिभिएस स्कुटर खरिदमा रु.६००० सम्मको स्योरशट नगद छुट पाउनेछन्।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिक्रि वितरण गर्दै आइरहेको छ। स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो।   

टिभिएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १२५ सिसिको स्कुटर हो जसमा भएको बिएस ६ र आरटि(एफआइ इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । यस स्कुटरले १० बिएचपी भन्दा बढीको पावर जेनेरेट गर्छ । यो स्कुटरमा एक्सपी अर्थात एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेको भन्दा अझै पावरफुल भएको अनुभव हुन्छ । यसमा भएको राइड मोड (स्ट्रिट–रेस) चेन्ज अप्सनले गर्दा आफूलाई चाहे अनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ । साथै यसमा भएको ब्लुटुथ कनेक्टिभटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाइ सजिलै आफूले चाहे जसरि कन्ट्रोल गर्न पनि सकिन्छ । यसमा रहेका आकर्षक कलर अप्सनले गर्दा झनै मन लोभ्याउने कम्पनीको दाबी छ।

यस योजना अन्तर्गत ग्राहकले जम्मा रु ३,९९९ (रु १३३ प्रतिदिन), २५% डाउन पेमेन्ट गरेर ११‍.९९% ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

Metro Mart
worldlink

यो योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागु हुनेछ ।


प्रकाशित: Feb 07, 2023| 18:24 मंगलबार, माघ २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्