शुक्रबार, वैशाख २६, २०८२

यामाहाको ‘कि टु द गोल्डेन हार्ट’ स्किम

भ्यालेन्टाइनको अवसरमा यामाहाले अत्यन्त रोमाञ्चक र रोमान्टिक स्किम ल्याएको छ। जसमा अद्भूत सरप्राइजहरू रहेको कम्पनीले जनाएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- भ्यालेन्टाइनको अवसरमा यामाहाले अत्यन्त रोमाञ्चक र रोमान्टिक स्किम ल्याएको छ। जसमा अद्भूत सरप्राइजहरू रहेको कम्पनीले जनाएको छ। 

‘की टू द गोल्डेन हार्ट’ स्किमले १ लाखसम्मको क्यास ब्याकको अफर पनि ल्याएको छ। यो योजनामा हरेक हप्ता यामाहाले एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप दिने जनाइएको छ।

लक्की ड्रमार्फत हरेक हप्ता बिजेताको घोषणा गरिनेछ। यो अफर यामाहाका सीमित मोडेलहरूको खरिदमा मात्र उपलब्ध हुनेछ।  यो अफर यामाहा स्कुटरमा १–१७ फेब्रुअरी २०२३ सम्म मात्र लागू हुनेछ भने यामाहाका बाकइहरूमा १९ जनवरी २०२३ देखि नयाँ योजना घोषणा नगरेसम्म लागू हुनेछ।

खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा यामाहासँग वैकल्पिक प्रस्ताव पनि रहेको जनाइएको छ। ‘खरिदकर्ताले सबैभन्दा कम डाउनपेमेन्टको विकल्प रोज्न सक्छ, जुन पूर्ण रकमको २०% हो। यो अफर ९.९९% को न्यूनतम ब्याजदरमा पनि उपलब्ध छ।  फेब्रुअरी महिना प्रेमको प्रतीक रहेको हुँदा परस्परको यही प्रेम र आत्मियता मनाउँदै, यामाहाले एक आकर्षक साप्ताहिक उपहार ल्याएको छ,’ कम्पनीले भनेको छ, ‘एउटा सुनको लकेट र यामाहाको सुनौलो चाबीको साप्ताहिक उपहार प्राप्त गर्ने अफर रहेको छ।’

अफर यामाहा फाइनान्स, एमएडब्ल्यु इन्भेस्टमेन्ट प्रालिद्वारा सञ्चालन गरिएको जनाइएको छ। ‘हामी यो मायाको याममा ‘कि टु द गोल्डेन हार्ट’ अफर सुरु गर्न पाउँदा अत्यन्तै हर्षित छौं। यो योजनाले बाइक उत्साहीहरूलाई कम डाउन पेमेन्ट र न्यून ब्याज दरमा बाइक/स्कुटर किन्न पाउने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ,’ यामाहा नेपालका मार्केटिङ प्रमुख यम गुरुङले भने।

Metro Mart
worldlink

प्रकाशित: Feb 07, 2023| 21:15 मंगलबार, माघ २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्