काठमाडौं- गत आर्थिक वर्षको तुलनामा चालू आवमा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स २४.३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सोमबार पुस मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गर्दै रेमिट्यान्स ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ भित्रिएको जनाएको छ।
गत आवको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर ५ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा पनि रेमिट्यान्स १३.९ प्रतिशतले घटेको छ। पुससम्म ४ अर्ब ५० करोड डलर भित्रिएको छ।
गत आवमा नै ऋणात्मक रहेको शोधनान्तर भने पुस मसान्तसम्म आइपुग्दा करिब एक खर्बले बचतमा पुगेको छ। राष्ट्र बैंकका अनुसार शोधनान्तर बचत ९७ खर्ब १० करोड रुपैयाँ पुगेको छ।
चालू खाता घाटा भने यथावत् छ। यद्यपि गत आवको भन्दा घाटा कम हो। यसपालि २९ अर्ब ४७ करोड रुपैयाँ चालू खाता घाटामा छ। गत आवमा ३५३ अर्ब १६ करोड घाटामा थियो।