बिहीबार, असार २६, २०८२

खुला देउडा प्रतियोगिताको प्रथम पुरस्कार धनेश्वरी रेग्मी समूहलाई

धनगढीमा आयोजित खुला देउडा प्रतियोगिताको प्रथम पुरस्कार धनेश्वरी रेग्मी समूहले जितेको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- धनगढीमा आयोजित खुला देउडा प्रतियोगिताको प्रथम पुरस्कार धनेश्वरी रेग्मी समूहले जितेको छ। देउडा प्रतिष्ठान केन्द्रीय समितिको आयोजना र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्रवर्द्धनमा माघ २० गतेदेखि २२ गतेसम्म धनगढीमा सञ्चालित प्रादेशिक खुला देउडा प्रतियोगितामा रेग्मी समूह प्रथम भएको हो।

रामारोशन सांस्कृतिक समूह अछाम द्वितीय, हस्तना विक समूह तृतीय र कर्णाली प्रदेशले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। क्रमश: प्रथम पुरस्कार ५०, द्वितीय ४०, तृतीय ३० र सान्त्वना २० हजार रहेको थियो।  

विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह विष्टले पुरस्कार प्रदान गरेका थिए।

देउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दलबहादुर बोगटीको सभापतित्व सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू धर्मराज पाठक, जुना दानी, बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ विशिष्टलगायतले आफ्नो धारणा राखेका थिए।

प्रतियोगितामा तीन जना उत्कृष्ट देउडियालाई जनही १ हजार १११ रुपैयाँ नगद प्रदान गरिएको थियो।

प्रकाशित: Feb 06, 2023| 12:45 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।