आइतबार, वैशाख २८, २०८२

किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक संकट

बागमती प्रदेश सभाको आइतवार अपराह्न बसेको बैठकमा शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरूले प्रदेशमा राष्ट्रिय सरोकारको विषय लगायत किसानले उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाउँदा आइपरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- बागमती प्रदेश सभाको आइतवार अपराह्न बसेको बैठकमा शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरूले प्रदेशमा राष्ट्रिय सरोकारको विषय लगायत किसानले उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाउँदा आइपरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

सत्तापक्ष र प्रतिपक्ष गरी १७ सदस्यले आआफ्नो क्षेत्रको समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गरी कार्यान्वयन गर्न आग्रह गरे। उनीहरूले किसानले उत्पादन गरेको मौसमी तरकारीले बजारबाट उचित मूल्य पाउन नसक्दा किसानले आर्थिक संकट व्यहोर्न परेको बताए।

छिमेकी देशबाट आयात भई आएको तरकारी बजारमा सस्तो मूल्यमा बिक्री वितरण हुँदा कृषकले उत्पादन गरेको तरकारी स्थानीय उपभोक्तासमक्ष पुर्‍याउन नसकिएकाले प्रदेश सरकारले गम्भीररूपमा संघीय सरकारमार्फत बाहिरबाट आउने तरकारीलाई बन्देज लगाउन माग गरे।

उनीहरूले किसानले उत्पादन गरेको तरकारी बजारमा खपत नहुँदा कृषक ठूलो आर्थिक संकटमा परेकाले प्रदेश सरकारले केही हदसम्म भए पनि क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गरे।

बैठकमा दोलखा जिल्लामा हालै भएको आगलागीका पीडित परिवारलाई उद्धार गरी राहतस्वरूप आर्थिक अनुदान उपलब्ध गराउन आग्रह गरेका छन्।

Metro Mart
worldlink


प्रकाशित: Feb 05, 2023| 19:45 आइतबार, माघ २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।