शुक्रबार, वैशाख २६, २०८२

तीन महिनाको अवधिमा राजस्व चुहावटका छ मुद्दा

विभागले आज प्रेस नोट जारी गर्दै गत कात्तिक दोस्रो सातायता राजस्व चुहावटसम्बन्धी छ र विदेशी मुद्रा अपचलनसम्बन्धी पाँच मुद्दा दायर गरेको जनाएको छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- राजस्व अनुसन्धान विभागले पछिल्लो तीन महिनाको अवधिमा राजस्व चुहावटका छ मुद्दा दायर गरेको छ। 

विभागले आज प्रेस नोट जारी गर्दै गत कात्तिक दोस्रो सातायता राजस्व चुहावटसम्बन्धी छ र विदेशी मुद्रा  अपचलनसम्बन्धी पाँच मुद्दा दायर गरेको जनाएको छ। त्यस्तै, वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई कारबाही भएको विभागले जनाएको छ। 

विभागका अनुसार पछिल्लो तीन महिनामा राजस्व चुहावटका एक सय ९९ सूचना आएका थिए। जसमध्ये ७६ सूचनामाथि थप अनुसन्धानका लागि विभिन्न निकायमा लेखि पठाएको र छ सूचनामाथि अनुसन्धान टुङ्ग्याएर मुद्दा दर्ता भएको विभागले जनाएको छ। 

दायर भइसकेका छ मुद्दामा आठ प्रतिवादीलाई ६४ करोड ३१ लाख बराबर सजाय माग दाबी गरिएको छ। यही अवधिमा विदेशी विनिमयको अपचलनतर्फ छ सूचना आएकामा पाँच मुद्दा दायर भएका छन्। छ जनाविरुद्ध ५२ लाख ३३ हजार बराबर माग दाबी गरी मुद्दा दायर गरिएको प्रेस नोटमा उल्लेख छ।

त्यस्तै, वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई ५८ लाख १८ हजार बराबर जरिवाना गरिएको विभागले जनाएको छ।  आर्थिक सुशासन कायम गर्न पछिल्लो समय राजस्व चुहावट र विदेशी विनिमय अपचलन नियन्त्रणलाई प्रभावकारी बनाउँदै लगिएको विभागले दाबी गरेको छ। 

Metro Mart
worldlink

'राजस्व चुहावटमा संलग्न व्यवसाय, फार्म तथा व्यक्तिको कारोबारस्थलमा विभागले अनुमगन बढाउने, कारोबारस्थलबाट कागजात नियन्त्रणमा लिने, अनुसन्धान गर्ने र कानुनले तोकको सीमाभित्र तथा अभियोजन गर्ने वा कर निर्धारण गर्ने काम भएको छ', प्रेस नोटमा उल्लेख छ। सरकारले पछिल्लो केही समय आयातमा कडाइ गरेका चिनी, कपडाजन्य सामान, मदिरा तथा विद्युतीय सामानमा चोरी पैठारी बढी हुनसक्ने भन्दै विभागले अनुगमन बढाएको जनाएको छ। 

त्यस्तै, भन्सार बिन्दु प्रयोग नगरी गोदामस्थलमा स्रोत नखुलेका मालवस्तुको भण्डारण र कारोबार गरेको सूचनाको आधारमा यस्ता क्रियाकलापमा संलग्न व्यवसायीलाई अनुसन्धानको दायरामा ल्याएको विभागले जनाएको छ।

प्रकाशित: Feb 05, 2023| 15:57 आइतबार, माघ २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्