शुक्रबार, वैशाख २६, २०८२

दुई हजारले सुनको मूल्य घटेसँगै कतिमा हुँदैछ कारोबार?

साताको पहिलो दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

Metro Mart
worldlink

काठमाडौं- साताको पहिलो दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार पनि सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। गत साता मूल्य बढ्दै प्रतितोला एक लाख ७ हजार रुपैयाँसम्म पुगेको सुन दुई दिनमा तोलामा ३४ सय रुपैयाँले घटेको छ।

चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ३ सय २० रुपैयाँ कायम छ। शुक्रबार चाँदी तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँ थियो।

प्रकाशित: Feb 05, 2023| 11:24 आइतबार, माघ २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्