शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लोकतन्त्रलाई संस्थागत बनाउन प्रेस स्वतन्त्रता अपरिहार्य : गगन थापा

लोकतन्त्रलाई संस्थागत बनाउन प्रेस स्वतन्त्रता अपरिहार्य : गगन थापा

प्रेसलाई संकुचनमा पारेर संघीयतालाई समाप्त पार्ने खेल भइरहेको नेता थापाको जिकिर।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र बलियो नहुने बताएका छन्। शनिबार बाराको कलैयामा आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको बताए। 

अहिले मुलुकमा संविधान मान्ने र नमान्ने दुई पक्ष देखिएका उल्लेख गर्दै उनले संविधान पक्षधर सबै लोकतन्त्रवादी एकजुट हुनुको विकल्प नभएको दाबी गरे। नेता थापाले भने, ‘प्रेसलाई संकुचन पारेर संघीयतालाई समाप्त पार्ने खेल भइरहेको छ। सबैले सजग र सचेत भई संघीयताको रक्षा गर्ने बेला आएको छ।’ 

कांग्रेसलाई कमजोर पार्न र मुलुकमा अधिनायकवाद लाद्न तथा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको उनको भनाइ थियो। देशलाई विकास र समृद्धितर्फ उन्मुख गराउन तथा विधिको शासन सही दिशामा लैजान पनि एमालेबाहेकका पार्टीबाट राष्ट्रपति बनाउनुपर्ने महामन्त्री थापाले जिकिर गरे। 

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, पूर्वकेन्द्रीय सदस्य गुरुराज बराल, कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादव, संविधानसभा सदस्य डा. शोभाकर पराजुली, युनियनका महासचिव दिलीप पौडेललगायतले आ–आफ्ना भनाइ राखेका थिए।

प्रकाशित: Feb 04, 2023| 16:41 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।