शुक्रबार, वैशाख २६, २०८२

भिभोका चार स्मार्टफोनको मूल्य घट्यो

भिभो नेपालका सीईओ माइकलले भने 'भिभोमा हामी हाम्रा उपभोक्ताहरूको जीवन सुधार गर्न र हाम्रा उत्पादनहरूमा उनीहरूको पहुँच बढाउन निरन्तर लागि परेका छौं।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं- भिभोले आफ्नो भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरुको मुल्य घटाएको छ। भिभोले भी२३ई (१२८जीवी र २५६ जीवी), वाई५३एस, वाई२०एस, र वाई१५सी को मूल्य भारी मात्राले घटाएको हो। यस नयाँ मूल्य १ फेब्रुअरी २०२३ देखि २८ फेब्रुअरी २०२३ सम्म नेपालका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू हुनेछ।

भिभो नेपालका सीईओ माइकलले भने 'भिभोमा हामी हाम्रा उपभोक्ताहरूको जीवन सुधार गर्न र हाम्रा उत्पादनहरूमा उनीहरूको पहुँच बढाउन निरन्तर लागि परेका छौं। हामी भिभो स्मार्टफोनको मुल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौं। दुबै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो।”

भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन्। यसमा ८जीवी र्याम छ र रोममा दुई विकल्पहरू– १२८जीवी र २५६जीवी छन्। यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ। यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ। यसमा फेनटच ओएस१२ छ।

वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ। यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम छ।

निर्बाध मनोरञ्जन अनुभव सुनिश्चित गर्दै, वाई१५सी मा ६.५१ इन्चको हलो फूलभ्यू डिस्प्ले छ र यसमा आई प्रोटेक्शन, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा लगायत उल्लेखनीय विशेषताहरु समावेश छन्।

Metro Mart
worldlink

वाई२० एस मा ४जीवी र्याम र १२८ जीवी रोम रहेको छ जुन वाई२० को प्रतिकृति हो। यसमा ८एमपी फ्रन्ट–फेसिङ क्यामेरा र १३एमपी ब्याक क्यामेरा रहेको छ र पर्फमेन्शका लागि स्न्यापड्रेगन ४६० प्रोसेसर र एड्रिनो ६१० जीपीयू मा आधारित छ। यसमा ५००० एमएएच ब्याट्री छ र १८ वाट चार्जिंग रहेको छ।

प्रकाशित: Feb 04, 2023| 20:30 शनिबार, माघ २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्