शुक्रबार, वैशाख २६, २०८२

हेटौंडामा एनओजी च्याप्टर राइड

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं- टीभीएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले हेटौँडादेखि मकवानपुरगढीसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।

गत माघ १४ गते शनिबार आयोजना भएको यस राइड हेटौँडा शोरुम, हेटौँडा अटो मार्टबाट शुरु भएर मकवानपुर गढीसम्म पुगेर समापन भएको थियो। उक्त राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। 

यसका साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो। करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

यसका साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाका बारेमा जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो।


प्रकाशित: Feb 04, 2023| 18:30 शनिबार, माघ २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्