काठमाडौं- प्रहरीले नक्कली अमेरिकी डलरसहित पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ महाराजगञ्ज एरियामा नक्कली अमेरिकन डलरको कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त महाराजगन्जबाट प्रहरी अधिकृतसहितको टोली परिचालन गरिएको थियो।
प्रहरीले नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका २४ वर्षीय विशाल तामाङ, रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नम्बर १ घर भएका २७ वर्षीय दल बहादुर तामाङ, ३० वर्षीय विजय सुनुवार, ओखलढुङ्गा सिद्धिचरण नगरपालिका घर भएका ४७ वर्षीय तुलमान राई र प्युठान नौबदनी गाउँपालिका घर भएका ४४ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट एक सय दरको २० थान नक्कली अमेरिकन डलर बरामद गरेको प्रहरीले जानकारी दिएको छ।