शुक्रबार, वैशाख २६, २०८२

बागमतीले आधा वर्षमा खर्चियो ११ अर्ब १९ करोड

चालू आवमा ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको प्रदेश सरकारले चालू आवको ६ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च गरेको हो।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको ६ महिनामा बागमती प्रदेश सरकारको कुल बजेटमध्ये ११ अर्ब १९ करोड  ६७ लाख ८० हजार खर्च भएको छ। 

बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय हेटौंडाका अनुसार चालू आवमा ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको प्रदेश सरकारले चालू आवको ६ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च गरेको हो।

चालू आव २०७९÷८० को साउनदेखि पुस मसान्तसम्म १५.७८ प्रतिशत कुल खर्च भएको बताइएको छ। सोही अवधिमा सरकारले १६ अर्ब १५ करोड विभिन्न शीर्षकबाट राजस्व संकलन गरेको तथ्यांकमा उल्लेख छ। चालू आवको ६ महिनामा उक्त राजस्व संकलन सरकारको खर्चभन्दा बढी देखिए पनि गत आवको तुलनामा कम रहेको छ।

गत आवको ६ महिनामा सरकारले ८ अर्ब खर्च गरेको थियो भने सोही अवधिमा २३ अर्ब राजस्व संकलन गरेको थियो। गत आवको सोही अवधिको तुलनामा प्रदेश सरकारको खर्च बढेको छ भने राजस्व संकलनमा २९ प्रतिशतले कम भएको सो कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायका अनुसार प्रदेश सरकारको मुख्य आयस्रोत घरजग्गा रजिस्टे«सन, सवारी साधन, मूल्य अभिवृद्धि कर, लोकसेवाको परीक्षा शुल्क, कृषि फार्मको उत्पादन, प्रशासनिक दण्ड जरिमाना, बेरुजु असुललगायत छन्।

Metro Mart
worldlink

साथै, संघीय सरकारबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर घट्दा प्रदेश सरकारको आम्दानीसमेत कम भएको  तथा घरजग्गाको रजिस्ट्रेसन शुल्क ७ अर्ब अनुमानित रहेकामा सो शुल्क कम भएकाले पनि आम्दानी कम भएको बताइएको छ। 

सरकारको आम्दानी कम भइरहको र खर्च बढी भइरहेको विषयमा अध्ययन भइरहेको उनको भनाइ छ। ६ महिनामा खर्च भएकोमध्ये ६ अर्ब २१ करोड ८६ लाख १८ हजार ५६३ चालू र  ४  अर्ब ३७ करोड ८१ लाख ६१ हजार ८५९ पुँजीगत खर्च हो।

प्रकाशित: Feb 04, 2023| 11:20 शनिबार, माघ २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्