शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • किसानले बजार भाउ नपाउँदाको पीडा सडकमा पोखिएपछि माग सम्बोधन गर्न प्रधानमन्त्रीले गुहारे कृषिमन्त्री

किसानले बजार भाउ नपाउँदाको पीडा सडकमा पोखिएपछि माग सम्बोधन गर्न प्रधानमन्त्रीले गुहारे कृषिमन्त्री

चितवनका किसानले उब्जनी गरे पनि कौडीको भाउमा तरकारी बेच्नुपरेको र सरकारले बजार नखोजिदिएको भन्दै सडकमै तरकारीको बिस्कुन लगाएका थिए।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

Metro Mart
worldlink

काठमाडौं– निर्वाध भारतीय तरकारी आयातका कारण नेपाली उत्पादनले बजार र मूल्य नपाएको गुनासो गर्दै चितवनका किसानले सडकमा तरकारी फालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपक्षी मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री प्रचण्डले कृषिमन्त्री ज्वालाकुमारी साहलाई किसानको माग सम्बोधन गर्न निर्देशक दिएका हुन्।

शुक्रबार चितवनका किसानले उब्जनी गरे पनि कौडीको भाउमा तरकारी बेच्नुपरेको र सरकारले बजार नखोजिदिएको भन्दै सडकमै तरकारीको बिस्कुन लगाएका थिए। 

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले सरोकारवाला निकाय र पीडित किसानसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परे प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएकी छन्। प्रधानमन्त्री प्रचण्डले कृषिमन्त्रीले सरोकारवाला किसानसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारी बोलाएर थप छलफल गर्ने बताइएको छ।

प्रकाशित: Feb 04, 2023| 11:09 शनिबार, माघ २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्