बिहीबार, जेठ ३०, २०८२

रक्षामन्त्री उप्रेतीद्वारा जंगी अड्डाको निरीक्षण

सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पिँदै आएको जिम्मेवारी अब्बल ढंगबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं- रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएका छन्। सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पिँदै आएको जिम्मेवारी अब्बल ढंगबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे।

मन्त्री उप्रेतीले भने, ‘अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा  सेनाले ठूलो योगदान पुर्‍याएको छ। विश्व शान्तिका लागि जोखिम बहन गर्ने एवं साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधैँ अग्रपङ्क्तिमा छ। सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पुर्‍याउँदै आएको बताउँदै उनले  काठमाडौँ-तराई-मधेश द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भइरहेको प्रगति देख्दा आफू सन्तुष्ट भएको उल्लेख गरे।

रक्षा मन्त्रालयको नेतृत्व सम्हालेपछि उनले पहिलो पटक जंगी अड्डा पुगेर सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन्। सो अवसरमा मन्त्री उप्रेतीसमक्ष सेनाको संगठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सेना सम्पूर्ण नेपालीको आफ्नै छोराछोरी सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको बताए।

उनले भने, ‘सेनाले विधिसम्मत ढङ्गले प्राप्त जिम्मेवारी समर्पित तवरले पूरा गर्दै देश र जनताको हितमा मरिमेट्दै आइरहेको छ। बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशबाट सिर्जित चुनौती सम्बोधन, समाधान र न्यूनीकरण गर्न क्षमता अभिवृद्धि गर्न आवश्यक छ।’

रक्षा सचिव किरणराज शर्माले विपद् व्यवस्थापनलगायत सेनाको समग्र क्षमता विकास गर्दै आत्मनिर्भर बनाउँदै लैजाने विषयमा सरकारबाट जोड हुनुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित: Feb 03, 2023| 19:15 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।