काठमाडौं- बिहीबार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज भने तोलामा १४ सय रुपैयाँले घटेको छ।
आज सुनको भाउ तोलामा एक लाख छ हजार एक सय रुपैयाँमा झरेको छ। हिजो तोलामा सुनको भाउ एक लाख सात हजार पाँच सय रुपैयाँ थियो। आज चाँदीको पनि भाउ घटेको छ।
तोलामा ३० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। विश्वमा आर्थिक स्थिरता नहुँदा लगानी सुरक्षित हुन सकेको छैन। सुरक्षित लगानीका लागि सुनमा लगानी बढेकाले अहिले सुनको माग र कारोबार बढ्दा भाउ बढेको महासङ्घको भनाइ छ।