आइतबार, जेठ १९, २०८२

गुठी जग्गाको देवस्व उपयोग प्रभावकारी बनाउन गृहकार्य

मन्त्रालयले गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्त्वयुक्त क्षेत्र भएकाले उपयोगको प्रभावकारिता बढाउन जग्गा संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल थालेको हो।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्ग संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु गरेको छ। गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्त्वयुक्त क्षेत्र भएकाले मन्त्रालयले उपयोगको प्रभावकारिता बढाउन जग्गा संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल थालेको हो।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले गुठी जग्गा उपयोग गरी देवस्व बुझाउँदै आएका व्यक्तिलाई अपनत्वबोध गराई जग्गा व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने उद्देश्यले छलफल सुरु गरिएको जानकारी दिए। मन्त्रालयले पछिल्लो समय जनकपुर, धादिङ र पाल्पाको अमरनारायण गुठीका सरोकारवाला र गुठी संस्थानका पदाधिकारीसँग छलफल गरिसकेको छ।

मन्त्रालयले गुठीको ऐतिहासिक पक्ष यसका मूल्य–मान्यता, कानुनी व्यवस्था र जनसरोकारको विषयमा सरोकारवालासँग अन्तक्र्रिया गरेर उपयुक्त समाधान निकाल्न शीघ्र गृहकार्य गर्न गुठी संस्थानलाई निर्देशन दिएको छ। सरोकारवालासँगको छलफलका आधारमा गुठी संस्थानले केही दिनभित्रै प्रतिवेदन पेस गर्नेे सचिव रेग्मीको भनाइ छ।

तानसेन पाल्पाको अमरनारायण गुठीको जग्गाको ऐतिहासिक महत्त्व अनि यसमा जनताको सहभागिता विषयमा पाल्पाबाट प्रतिनिधित्व गर्ने सांसद नारायण आचार्य र पूर्वसांसद कुलप्रसाद नेपाललगायतले संसद्को प्राकृतिक स्रोत समितिले दिएको सुझाव कार्यान्वयन गर्नु उपयुक्त हुने धारणा राखे।गुठी संस्थानका प्रशासक किरण शाक्यले नयाँ गुठी ऐन अभावमा यस्ता विषय सम्बोधन गर्न अप्ठेरो परेको बताए।

प्रकाशित: Feb 03, 2023| 10:54 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्