आइतबार, जेठ ५, २०८२

पीएलओमा अल्फाको लगानी, ५ लाख कित्ता सेयर जारी गरिने

पीएलओको आईपीओ आगामी साउनमा आउने भएको छ। ५ लाख कित्ता मध्ये ५० हजार सुन्दरहरैचाका बासिन्दाका लागि र ५० हजार पीएलओका कर्मचारीका लागि छुट्याईएको छ।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

विराटनगर– पूर्वाञ्चल ल्युव आयल (पीएलओ) ले सर्वसाधारणका लागि ५ लाख कित्ता सेयर जारी गर्ने भएको छ। 

पीएलओको आईपीओ आगामी साउनमा आउने भएको छ। ५ लाख कित्ता मध्ये ५० हजार सुन्दरहरैचाका बासिन्दाका लागि र ५० हजार पीएलओका कर्मचारीका लागि छुट्याईएको छ। शेयर जारी गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा विक्री प्रवन्धकमा नियुक्त गरिएको छ। 

बुधबार साँझ सुन्दरहरैचामा आयोजित कार्यक्रममा सो नियुक्ती सम्वन्धि समझौतामा हस्ताक्षर भएको छ। सम्झौतामा पूर्वाञ्चल ल्युव आयल लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक भोलेश्वर दुलाल र  प्रभु क्यापिटलका तर्फबाट प्रवन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरे। 

यस्तै पीएलओमा अल्फा प्लस भेन्चर्सले लगानी गर्ने भएको छ। विशिष्टीकृत लगानी कोष नियमावली २०७५ बमोजिम अनुमति प्राप्त अल्फा र पीएलओवीच लगानी गर्ने सम्वन्धि सम्झौतामा बुधबार हस्ताक्षर गरिएको छ। अल्फाका तर्फबाट प्रवन्ध सञ्चालक अंगिश घिमिरे र पीएलओका तर्फबाट प्रवन्ध सञ्चालक दुलालले हस्ताक्षर गरे। अल्फाको लगानी पछि पीएलओमा नयाँ ल्युब्रीकेन्टको उत्पादन तथा विकास भई नेपाली बजारमा उल्लेख्य मात्रमा विक्री हुने दुलालको भनाई छ।  

सुन्दरहरैचा ९ मा रहेको पीएलओले २३ वर्षदेखि आफ्नो उत्पादन तथा विक्री वितरण नेपालभर ९३ भन्दा बढी डिलर, ११ हजार बढी खुद्रा व्यापारी तथा २ लाख बढी ग्राहकले उपयोग गरिरहेको प्रवन्ध सञ्चालक दुलालले जानकारी दिए। उनले भने, ‘विदेशबाट विभिन्न ब्राण्डका आयातित ल्युब्रीकेन्टलाई प्रतिष्थापन गर्दै आएको छ।’ उनका अनुसार पीएलओले विभिन्न ब्राण्डका ल्युब्रीकेन्टका उत्पादनहरु विक्री वितरण गरिरहेको छ। दुलालले भने, ‘अल्फाको लगानी पछि नेपाली कम्पनीबाट उत्पादन तथा विकास गरेको ल्युब्रीकेन्टलाई प्रोत्साहन हुने छ।’

प्रकाशित: Feb 02, 2023| 20:45 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्